एजेन्सी ।
भारतीय अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलाहा बनेका छन। आशीषले असम राज्यकी रुपाली बरुआसँग बिहीबार विवाह गरेका हुन। उनीहरुको अदालती विवाह भएको हो। भारतीय सञ्चार माध्यमका आनुसार रुपाली फेसन विजनेशमा आबद्ध रहेकी छन। आशिषले जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्रा-अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या समेत गरेका छन। आशीषको पहिलो विवाह राजोशी बरुआसँग भएको थियो। वर्षौं पहिले सम्बन्धविक्षेद गरेका उनीहरुको एक छोरा छन। नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका राष्ट्रिय अवार्ड विजेता आशीषले फिल्म ‘द्रोहकाल’बाट बलिउडमा डेब्यू गरेका थिए। आशिषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन।