spot_img
spot_img
spot_img

नेपाल प्रेस युनियनको स्थापना दिवसमा रक्तदान, ५१ युनिट रगत संकलन

spot_img

बुटवल ।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको युनियनका रुपन्देही अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनुभयो । आज रक्तदान गर्नु भएका रक्तदाताहरुमध्ये १५ जनाले पहिलो पटक रक्तदान गर्नु भएको अध्यक्ष नेपालले जानकारी दिनु भएको छ। रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवको जीवन रक्षासंग जोडिएको रक्तदान कार्यक्रम राखेर राम्रो कामको सञ्चार गरेको बताउनु भयो । उहाँँले लोकतन्त्रको स्थापनामा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउँदै यसको रक्षा तथा संस्थागत विकासमा पनि योगदान गर्न आग्रह गर्नु भयो ।
यस्तै अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुको पक्षमा भूमिका खेल्न र सोही अनुसारको कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारको ध्यानाकर्षण गराउनु भयो । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताउनु भयो ।

प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो । हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध रहेका छन। रुपन्देहीमा भने विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयो । युनियनको स्थापना दिवसको अवसरमा तिन दिनसम्म केन्द्रीय समिति तथा देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाईदैं छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img