एजेन्सी ।
रोड्रिगोले दुई गोल गर्दा रियल मड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियालाई पराजित गरेको छ । शनिबार भएको खेलमा रियल २–१ गोलले विजयी भएको हो । खेलको तेस्रो मिनेटमा राफा मिरको गोलमा सेभियाले अग्रता लिएको थियो । तर खेलको २९ औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा उत्कृष्ट सोलो गोल गर्दै रियललाई जीत दिलाए । ८३ औँ मिनेटमा मार्कस अकुनाले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा सीमित बनेको थियो । यो सिजन उनको चौथो रेड कार्ड हो । सेभिया लिगको १० औँ स्थानमा रहेको छ । बुधबार हुने युरोपा लिगको फाइनलमा रोमालाई पराजित नगरे टोली सन् २०१२–१३ यता पहिलोपटक च्याम्पियन्स लिग खेल्न पाउने छैन । उता ३७ खेलपछि रियल ७७ अङ्कसहित दोस्रो स्थानमा कायम रहेको छ ।