काठमाण्डौ ।
सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाईने भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो जानकारी गराउनुभएको हो । यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाण्डौमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??