कञ्चन ।
आर्थिक बर्ष २०८०/०८१का लागि प्रस्तुत बजेटबाट रुपन्देहीका १६ स्थानीय तहका लागि ७२ अर्व ६० करोड ७० लाख रुपैया बराबरको बजेट विनियोजन भएको छ। जेठ १५ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको बजेटमा उक्त रकम विनियोजन भएको हो।रुपन्देहीको बुटवलको उपमहानगरपालिकाका लागि ८० करोड ८९ लाख रुपैया विनियोजन हुँदा तिलत्तोमा नगरपालिकाका लागि १ अर्व १७ करोड ८० लाख रुपैया विनियोजन भएको छ। यस्तै सिद्धार्थ नगरपालिकालाई ४८ करोड १३ लाख, देवदह नगरपालिकालाई ४६ करोड ९५ लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई ५४ करोड ८ लाख रुपैया र सैनामैना नगरपालिकाका लागि ४३ करोड ५७ लाख रुपैया विनियोज भएको छ। यसैगरी आगामी आर्थिक बर्ष २०८००/०८१ का लागि कञ्चन गाउपालिकामा ३४ करोड ५३ लाख रुपैया रकम आउदै गर्दा गैडहवा गाउपालिकाका लागि ३६ करोड ५१ लाख रुपैया विनियोजन भएको छ।रोहिणी गाउपालिकाका लागि ३३ करोड ६९ लाख, सम्मरीमाईका लागि ३५ करोड ९ लाख, मर्चवारीका लागि ३० करोड ५० लाख, कोटहीमाईका लागि ३० करोड २७ लाख र शुद्धोधन गाउपालिकाका लागि ३२ करोड ६ लाख रुपैया विनियोजन भएको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको बजेट बक्तव्यमा मायादेवीका लागि ३५ करोड ७ लाख, सियारीका लागि ३८ करोड ३ लाख र ओमसतियाका लागि २८ करोड ९० लाख रुपैया विनियोजन भएको छ।
बजेट बक्तव्यमा प्राथमिकतामा परेका रुपन्देहीका मुख्य योजनाहरु यस्ता छनः
१, रुपन्देहीको कर्साघाटमा कृषि उपज निर्यात बजारको पूर्वाधार निर्माण शुरु गर्ने ।
२, मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य शुरु गर्ने ।
३, भैरहवा विशेष आर्थिक क्षेत्र ९ सेज ० लाई पूर्ण क्षमतामा सञ्चालन गर्ने।
४, भैरहवाको एकिकृत जाँच चौकीको निर्माण कार्यलाई तिब्रता दिइने ।
५, लुम्बिनी गुरुयोजनाका बाँकी कामलाई निरन्तरता दिइने । बुद्धको जन्मस्थल र अन्य महत्वपूर्ण बौद्ध धार्मिक स्थलहरु समेटेर बुद्ध सर्किट विकास गरिने।
६, गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने ब्यावस्था मिलाईने । यहाँ बाट उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउण्ड ह्याण्डलिंग शुल्कमा सहुलयित दिइने । बौद्धमार्गी लुम्बिनीसँग प्रत्यक्ष रुपमा दोडन थाइल्याण्ड, श्रीलंका, चीन भारत लगायतका राष्ट्र सँग गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सोझै उडान गर्ने व्यवस्था मिलाइने ।
७, लुम्बिनी प्रदेशको बुटवलमा मेडिकल कलेज निर्माण कार्य अगाडी बढाउन रक़म बिनियोजन भएको ।
८, रुपन्देहीको सालझण्डीमा नजिकको सरकारी अल्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरि सञ्चालनमा ल्याइने ।
९, लुम्बिनीमा एकिकृत खानेपानी खानेपानी तथा ढल व्यवस्थापनको कार्य शुरु गरिने ।
१०, नारायणगढ बुटवल सडक खण्डको विस्तार तथा स्तरोन्नतीको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने ।
११, बुटवल गोरुसिंगे सडक खण्डको स्तरोन्नती शुरु गरिने ।
१२, तिनाऊ नदीमा सिंग्नेचर पुल निर्माण शुरु गरिने ।
१३। सिद्धबाबा सुरुंग मार्गको निर्माण कार्यलाई तीब्रता दिईने ।
१४, बेलबिया-बुटवल ६ लेन सडक खण्डको बाँकी कार्य सम्पन्न गरिने ।
१५, बुटवल-पाल्पापोखरा सडक खण्डको स्तरोन्नतीका लागि बजेट छुट्याइएको ।
१६, लुम्बिनी कोरिडोरमा रहेका नगरपालिकाहरुमा एकिकृत शहरी पूर्वाधार निर्माण गर्न बजेट बिनियोजन भएको।
१७, बुटवलमा इन्टरनेट एक्सचेञ्ज निर्माणको संभाब्यता अध्ययन गरिने ।