देवदह ।
नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ्ग स्कुल देवदह –२ ढेकावरमा साफ्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ४ देखि कक्षा ८ सम्मका विद्यार्थीको सहभागिता रहेको ऊक्त कार्यक्रममा प्रत्येक सदनबाट ३र३ जना गरी जम्मा १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। ऊक्त कार्यक्रममा सामान्य चरण, द्रुत चरण, बहुबैकल्पिक चरण, श्रव्यदृश्य चरण, बजर चरण, इन्द्रिय चरण गरी जम्मा ११० प्रश्न सोधिएको थियो। १६५ अङ्कका साथ हरियो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थी भाइबहिनीहरु दसिका गुरुङ(कक्षा ८), क्रिष्टिना सिंजापती(कक्षा ८) र संगम क्षेत्री (कक्षा ८) प्रथम, १३५ अङ्कका साथ पहेलो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थी भाइबहिनीहरु अनुस चालिसे (कक्षा ६),रिया थापा(कक्षा ८) र सिम्रन गुरुङ (कक्षा ८) द्वितीय र १०५ अङ्कका साथ निलो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थी बहिनीहरु सलिना फाल (कक्षा ८), प्रतिज्ञा गिरी (कक्षा ८) र सदिक्षा पुलामि (कक्षा ७) तृतीय स्थान हासिल गर्न सफल भएका थिए। कार्यक्रम विद्यालयका प्राचार्य कमल पौडेलको अध्यक्षता, प्राथमिक तह इन्चार्ज सृष्टी बरालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राज कुवरको सहजीकरणमा भएको थियो।