काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले विवाह गरेकी छिन । सोविताले गृहेन्द्र घिमिरेसँग सामान्य तरिकाले विहे गरेकी हुन । सोविता गत मंसिरमा भएको चुनावमा काठमाडौं-२ बाट सांसद चुनिएकी हुन्। दोलखाको तामाकोशी गाउँपालिकामा जन्मेकी सोबिता पहिले नेपाल टेलिभिजनमा पत्रकारिता गर्थिन्। त्यहाँ उनले स्वास्थ्य सरोकार भन्ने कार्यक्रम चलाउने गर्थिन । नेपाल टेलिभिजनपछि उनी एसडिजी टिभीमा खानपानसम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन्। कानुनकी विद्यार्थी समेत रहेकी २८ वर्षीया सोबिताले चुनावमा आफ्ना प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी थिइन्।