सिन्धुली ।
सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको जीपमा सवार तीन जना अझै फेला पर्न सकेका छैनन । बा १ झ ७४६७ जिपमा सवार तीन सरकारी कर्मचारीको अवस्था दुई दिन बित्दासमेत अझै अवस्था अज्ञात रहेको छ । शनिबार बिहानैबाट पुनः सुनकोशी नदी र किनारका क्षेत्रमा गाताखोर, सुरक्षाकर्मीहरु र स्थानीयले खोजतलास सुरु गरेको छन् । सिटिभिटिका सहसचिव कृष्णबहादुर केसी, अर्का सहसचिव यमप्रसाद भुर्तेल र प्रशिक्षक भानु पौडेल जिपसहित सुनकोशी नदीमा हराइ्रहेका छन् ।
सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर–७ लौकुनबाट सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको जिप सुनकोशी नदीमा खस्दा अझै तीन जना बेपता भएका हुन् । काठमाडौबाट खोटाङतर्फ जाँदै गरेको जिप मध्यपहाडी लोकमार्गको ओरालो सडकबाट झण्डै एक सय मिटर तल सुनकोशी नदीमा खसेको थियो । जिपका चालक भने सुनकोशी नदीमा पौडी खेलेर निस्किएका थिए । सामन्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।