काठमाडौं ।
म्यानमारमा आयोजना हुने एएफसी यू–२० महिला एशियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आइतबार बिदाई गरिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार एन्फाले एक कार्यक्रमको आयोजना गरेर म्यानमारमा छनोट खेल्न जान लागेको नेपाली महिला टोलीको विदाई गरेको हो । छनोट अन्तर्गत नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ छन् । नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको शुरुवात गर्ने छ । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग अन्तिम छनोट खेल खेल्ने छ। टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश साह लगायतले बिदाई गर्नुभयो । एन्फा अध्यक्ष नेम्वाङले म्यानमार भ्रमणलाई सार्थक बनाउन शुभकामना दिनुभयो ।