spot_img
spot_img
spot_img

बुटवलको आम्दा अस्पताल स्तरोन्नति गर्ने समझदारी, २०० बेड थप गर्दै

spot_img

बुटवल ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ। अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा शिगेरु सुगानामी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आम्दा नेपालका पूर्वअध्यक्ष डा। रिशिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरीन्टेण्डेण्ट डा. राजेन्द्र बस्यालले आम्दा अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार आम्दा इन्टरनेशनलले आम्दा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने आम्दा अस्पतालका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभएको छ । उहाँका अनुसार तीनपक्षबीच भएको समझदारीले बुटवलको स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मारेको छ। आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नतिका साथै मेडिकल कलेजका रुपमा स्थापित गर्नका लागि आवश्यकताअनुसार प्रक्रिया अगाडि बढाउने गरी समझदारी भएको उहाँले जानकारी दिनुभएको छ ।

एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया ९आम्दा० इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको निमन्त्रणामा जापानको ओकायामा सिटीमा गएको टोलीले त्यहाँका नगरहरुले सञ्चालन गरेका अस्पतालहरुको अवलोकन गर्दै आपसमा अनुभव आदानप्रदान गर्ने सहमति गरेको प्रमुख पाण्डेयले बताए । अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने उहाँको भनाई छ । गत असोजमा आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीको बुटवल भ्रमणका क्रममा अस्पतालको स्तरोन्नतिका लागि सहमति गर्दै आवश्यकता अनुसार समझदारी गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार आम्दा अस्पताललाई विशिष्टीकृत सेवासहितको स्तरीय अस्पताल बनाउने समझदारी भएको पाण्डेयले बताउनुभयो । २०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img