spot_img
spot_img
spot_img

शुद्धोधनमा सहकारीका चुनौती, समस्या र समाधान बिषयक अन्तरकृया

spot_img

कञ्चन ।

रुपन्देहीको शुद्धोधनमा सहकारी चुनौती, समस्या र समाधान विषयक २ दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। सहर्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रममा बर्तमान अवस्थामा सहकारी भित्र देखिएको चुनौती र समस्याहरुको आवस्यक पहिचान गरी समयमै निराकरण गर्नुपर्ने आवस्यकतामा जोड दिइएको छ। अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाईले सहकारीको सिमा र सहकारी सञ्चालन ऐन, नियम र कानुनको दायरालाई अतिक्रमण गरेर सहकारी संस्थाहरुले कारोवार गरेकै कारण सहकारी भित्र बिकराल समस्या हरु देखा पर्दै आइरहेको बताउनुभयो। सहकारीको नियमन र समय समयमा अनुगमन नभएसम्म शेयर सदस्यहरुको पुंजी जोखिममा पर्न सक्ने चिन्ता ब्यक्त गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष चापागाईले नियम र कानुन भन्दा बाहिर कसैलाई छुट नहुने समेत बताउनुभयो।

यसैगरी शुद्धोधन गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद अर्यालले सहकारीहरुले आफ्नो शेयर सदस्यहरुको बचत तथा शेयर पुँजीको सुरक्षाका लागि उत्पादन मुलक क्षेत्रमा लगानी गर्नेगरी शेयर सदस्यहरुभित्रै कार्ययोजना अनुरुप लगानी गर्नु पर्ने बताउनुभयो। सहकारीका संचालकहरु भागिरहेको अवस्थामा शेयर सदस्य र शेयर सदस्यको बचतको सुरक्षाको ज्ञारेण्टी गर्ने चुनौती र शेयर सदस्यहरुमा अविश्वास बढीरहेको समेत अध्यक्ष अर्यालले उल्लेख गर्नुभयो। कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष शान्ती ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पौडेल, गाउपालिकाका सहकारी प्रमुख मन बहादुर भण्डारी, जनप्रतिनीधिहरु, बिभिन्न सहकारी संस्थाका प्रतिनीधिहरु, प्रशिक्षक नारायाण बेलवासे, सञ्चारकर्मी रवि राना लगायतको सहभागिता रहेको कार्यक्रम सहर्ष सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दल बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यबस्थापक हुम बहादुर केसीको स्वागत गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img