spot_img
spot_img
spot_img

कञ्चनको सुपा देउरालीमा ११ किलोको घण्टी चढाईयो

spot_img

कञ्ञ्चन ।

रुपन्देहीको धमिनाताल सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ३ र ४, रुपन्देहीको बन क्षेत्रमा निर्माण भएको सुपादेउराली लायन्स पार्कमा रहेको सुपादेउरालीको मन्दिरमा भैरहवाका दानवीरद्वारा करिब ११.५ किलोको घण्टी चढाइएको छ। बृटिस सेनामा भुतपुर्व सेना समेत रहनु भएका सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बस्ने हाल युकेमा बस्दै आउनु भएका चन्द्र बहादुर विश्वकर्माले मन्दिरमा सो घण्टी चढाउनु भएको समूहका उपाध्यक्ष ठाकुर गौतमले जानकारी दिनुभएको छ। दानवीर विश्वकर्माका सपरिवार मन्दिरमा आई भाकल अनुसार घण्टी उपहार स्वरुप चढाउने क्रममा सुपा देउरालीको परिसरको उचित संरक्षण र ब्यबस्थापन गर्नका लागि आवस्यक तारबार समेत गर्ने प्रतिवद्धता जनाउनु भएको समूहका उपाध्यक्ष गौतमले जानकारी दिनु भएको छ। सुपादेउरालीको मन्दिरमा घण्टी चढाउने चन्द्र बहादुर बिश्वकर्माका सपरिवालाई धन्यवाद दिदै समूहका उपाध्यक्ष ठाकुर गौतमले बिश्वकर्माका परिवारको सुखशान्तीको समेत कामना गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img