सनु थापा मगर, बुटवल ।
नेपाल मगर महिला सङ्घ बुटवल उमहानगर समितिको तेश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको छ । मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच मगर संघ बुटवलद्वारा संघको अध्यक्षमा निर्वाचित सरिता श्रीस मगर, उपाध्यक्ष नारायणी पाटा मगर, सचिव आकृति थापा मगर लगायत सम्पूर्ण कार्य समितिका सदस्यहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दल बहादुर विरकट्टा मगर, उपाध्यक्ष गीता सारु मगर, उपमहासचिव कमला थापा मगर, सदस्य ज्ञान बहादुर सलामी मगर, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य सनु थापा मगर, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामु मगर, नेपाल आदिवासी चलचित्रकर्मी संघ लुम्बिनी प्रदेश सचिव जेबी दर्लामी, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सचिव थर्क बहादुर बाह्रघरे मगर, नेपाल मगर महिला संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष चन्दा थापा मगर, नेपाल मगर संघ रुपन्देहीका सदस्य जया थापा मगर लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
वनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा बधाई दिदै वक्ताहरुले तथ्याङ्क विभागबाट सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को जातीगत तथ्यांक प्रति सध्यानाकर्षण भएको जनाएका छन् । मगर भित्रको उपथर पुनलाई छुट्टै जातिको दर्ज गरेर उनीहरूको छुट्टै संख्या सार्वजनिक गर्नुले राज्यले मगर समुदायलाई टुक्र्याउन खोजेको आरोप लगाएका छन् । मगर समुदायको थर उपथरको संख्या सार्वजनिक गरेर मगर समुदायलाई खण्डित पार्न लागेको प्रति वक्ताहरुले चिन्ता व्यक्त गरेका हुन । नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठीघरे मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका बुटवल उपमहानगर समिति उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बहादुर बुढाथोकी मगरको संचालनमा सम्पन्न भएको थियो ।