एजेन्सी ।
तपाईलाई आफ्नो बाल्यकालको दण्ड याद छ, हात उठाएर उभिएर शिक्षकले कसरी सजाय दिन्थ्ये । २–३ मिनेटपछि मात्रै राखे पनि हात फतक्क गलेर अवस्था बिग्रन सक्छ । तर हामी तपाईंलाई यहाँ भारतका एक जोगीका बारेमा बताउँछौं, जसले आफ्नो हात हावामा केही घण्टा वा केही दिनका लागि होइन, पुरै ५० बर्ष अर्थात् आधा शताब्दीदेखि वर्षदेखि उचालेर राखिरहेका छन् । तस्बिरमा देखिएका यी बाबाको नाम अमर भारती हो, जसले सन् १९७३ मा केही गर्ने निधो गरेका थिए, जसको बारेमा हामी र तपाईंले कल्पना पनि गर्न सक्दैनौँ । हो, अमर भारतीले १९७३ देखि उचालेको आफ्नो दाहिने हात आज पनि हावामा उचालेका छन्। तस्विर हेरेर तपाईले यो अनुमान लगाउन सक्नुहुन्छ कि यति वर्षसम्म हावामा उठाएको हातको के भयो रु यसरी लामो समयसम्म एकोहोरो हात उठाउनु पर्दा केही वर्षमै उनको हात सुक्यो र छालाले ढाकेको हड्डी मात्र बाँकी भयो। अमर भारतीको यो निर्णयलाई उनको भगवानप्रतिको भक्ति र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्ने उनको मिशनको प्रतीकका रूपमा हेरिएको छ।
कसैले चाहेर पनि गर्न नसक्ने काम अमर भारतीले यो कार्य गरिरहेका छन् । यो सबै देख्नेहरूले उनको शक्ति, भक्ति र जोशको प्रशंसा गर्नबाट आफूलाई रोक्न सक्दैनन् । भारती एक प्रसिद्ध भिक्षु हुन्, जसले कुम्भ मेला र महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरूमा भाग लिने गर्छन्। आफ्नो जीवनकालको कुरा गर्दा १९७० भन्दा पहिले अमर मध्यम वर्गीय परिवारका व्यक्ति थिए, जसले सामान्य जीवन बिताउँथे । सर्वसाधारणजस्तै उनीहरू पनि जागिर गर्थे । घरमा श्रीमती र छोराछोरी थिए, तर एक दिन बिहान उठेर उनले आफ्नो सम्पूर्ण जीवन भगवान शिवको सेवामा समर्पित गर्ने निर्णय गरे र कहिल्यै पछाडि फर्केर हेरेनन्। हालै भाईरल भइरहेको उनको तस्विर देखे पछि इन्टरनेट प्रयोगकर्ताहरूले बाबाको भक्तिको प्रशंसा गरिरहेका छन्। कतिपयले अझै विश्वास गर्न नसकेको जनाईरहेका छन भने कसैले बाबा कसरी सुत्छन त रु भनेर सोधिरहेका छन । जे सुकै होस, उनी बिगत ५० वर्षदेखि आफ्ना हात उचालेर भगवान शिवमा लिन भइरहेका छन्।