भैरहवा ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १ भगवानपुरबाट पिकअप गाडी सहित अबैध टायल, काठको ढोका र रंगको बाल्टी बरामद गरिएको छ। जिल्ल प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालका अनुसार बरामद भएका ती अबैध सामानहरुको मुल्य करिब ७ लाख ७ हजार ७०० बराबरको रहेको छ। प्रवक्ता अर्यालका अनुसार नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी सामानको ओसारपोसार भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमवार कबिर ४ बजेको समयमा गस्ती गर्ने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं।१ भगवानपुरमा भारतबाट भन्सार छलीलु १ च ३५२२ नं को बोलेरो पिकअप गाडीमा काठको ढोका ५ वटा, ५० लिटरको रंग ९कलर० को बाल्टी ३ र र टायल ४० पेटी बरामद गरिएको हो।
यसैगरी सोमबार नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गस्ती क्रमममै भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारीगरी लु। १ ह २६४३ नं।को अटो रिक्सामा भारत स्थित महाराजगन्न थाना फरेन्दामा घर भई हाल जिल्ला रुपन्देही सिद्धार्थनगरपालिका वडा नं।१३ भैरहवा बसपार्क बस्ने बर्ष २४ का औरेन्ज चौहानले करिब ४ लाख ४० हजार २४ पेटी टायल बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाडी र ससामानहरु आवस्यक कार्वाहीको लागि भन्सार कार्यलयमा पठाइएको छ।




