spot_img
spot_img
spot_img

शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

spot_img

अजय मिश्र, कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा मनिष गुप्ताले उम्मेदवारी घोषणा गर्नु भएको छ । शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका उपभोक्ताहरु रहेको साझेदारी वनको यहि जेठ ३१ हुने अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी रहेको गुप्ताले घोषणा गर्नुभएको हो । कृष्णनगर नगरपालिका वडा नं। ८ का स्थायीबासी गुप्ता पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका व्यक्ति हुन । पत्राकरिता क्षेत्रबाट समाज परिर्वतनमा अहम भूमिका निर्वाह गर्दै आएका गुप्ताले अब बनको विकास लागी आफुले साझेदारी बनको अध्यक्ष पदमा उम्मेदावरी घोषणा गरेको बताउनु भएको हो ।

लामो समय वन क्षेत्रकै समाचारहरु कवर गर्दै वन विकासमा लागेका गुप्ता अवको अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवारी दिदै बन र वन्यजन्तुको संरक्षण लाग्ने बताउनुभयो । डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तु अन्तर्गत पर्ने शिवराज साझेदारी वनमा शिवराज नगरपालिका भित्रका वडा नं। २,५,६,७ र ८ पर्दछ भने कृष्णनगर नगरपालिकाको वडा नं ५, ८ र ९ पर्दछ । प्रत्येक वडाबाट ४ जना पुरुष र ३ जना महिला वडा प्रतिनिधीका रुपमा छनौट भएर कुल ५६ जनाले अधिवेशनबाट कार्यसमिति चयन गर्ने छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img