काठमाण्डौ ।
तराई क्षेत्रमा अझै केही दिन तातो हावा र लु चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घर बाहिर निस्कन समेत मुस्किल पर्न थालेको छ । तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन विज्ञले आग्रह गरेका हुन । अझै एक दुई दिन तातो हावा चल्ने अनुमान रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी जिल्लामा भने आज पनि बेलुकी पख हल्का पानी पर्ने सम्भावना छ । पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेको भनाई छ ।