spot_img
spot_img
spot_img

बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी, गर्मी चढ्ने क्रम जारी

spot_img

काठमाडौं ।

बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ । राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ । गर्मीका कारण जनजीवन चौपट भएको छ भने देशभरका विद्यालयहरु बन्द गरिएका छन् । राजधानी ढाकाको तापक्रम ४२ डिग्री सेल्सियस माथि पुगेको छ । मौसविद्हरुका अनुसार सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको हो। पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मीका कारण एयर कन्डिसनर, कुलर र पंखाको माग बढेपनि उर्जा अभावका कारण त्यस्ता उपकरणको प्रयोग हुन सकेको छैन। कोइलाबाट संचालित उर्जा प्लान्टहरुले भार थेग्न नसक्दा लामो लोडसेडिङ हुने गरेको समाचारमा उल्लेख छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img