spot_img
spot_img
spot_img

रुपन्देहीको देवदहमा प्रथम मकै महोत्सव

spot_img

देवदह // रुपन्देहीको देवदहमा प्रथम मकै महोत्सव-२०८० सम्पन्न भएको छ। देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारीकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ देवदह नगरपालिका वडा नं ५ को आयोजना, कलुवा कृषि सहकारी संस्थाको सह आयोजना र देवदह नगरपालिकाको संरक्षकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकाले पर्यटन संग संगै कृषि क्षेत्रलाई विकास गर्दै अघि बढेको बताउनुभयो। नगर उप प्रमुख गुरुङले कलुवा क्षेत्रलाई यस अघि नै मकै कृषि क्षेत्र भनेर घोषणा गरिएको र सम्भवत यो रुपन्देहीकै एक मात्र मकै पकेट क्षेत्र घँषणा भएको बताउनुभयो। बेमौसमी मकै खेती फागुन महिनामा उत्पादन हुने र मौसमी मकै खेती अहिले उत्पादन हुने उहाले बताउनुभयो।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्याल, नेपाली काङ्ग्रेसका देवदह नगर सभापति गुणाखर भुर्तेल, बालि बिज्ञान केन्द्र रुपन्देहीका प्रमुख सालिकराम गौतम, मिस्टर कर्न नामक मकैका परिकार बनाइने होटेल संचालन गर्दै आएका युवा व्यवसायी राजेन्द्र कुमार श्रेष्ठ, प्याब्सन देवदह नगर समिति अध्यक्ष राम बहादुर गुरुङ, देवदह प्रेस क्लबका अध्यक्ष विक्ष्णु पोखरेल लगाएतले बोल्दै मकै अधिकांशले रुचाउने खाजामा पर्ने तर मकै खेतीको प्रचार प्रसार र बजारीकरणको हुन नसकेको उहाहरुको भनाई थियो।

महोत्सवमा मकैका विभिन्न परिकारहरु मकैको सेकुवा, खिर, बटुक, सेलरोटी, चटपट, आदि राखिएको थियो। मकै महोत्सवको अवसरमा ३५ जना स्थानीय कृषकलाई सम्मान समेत गरिएको छ।

कार्यक्रम मकै पकेट अभियान्ता कृषक चक्रपाणि न्यौपानेको अध्यक्षता, देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा देवदह नगरपालिकाको नगर प्रवक्ता गणेश डुम्रेको स्वागत र कलुवा कृषि सहकारी संस्थाको अध्यक्ष पर्मिला सेडाईको संचालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img