spot_img
spot_img
spot_img

केही दिन अझै अधिकांश स्थानमा तापक्रम बढ्ने

spot_img

काठमाडौं।

नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन। केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएकोबारेमा आयोजना गरिएको छलफल कायक्रममा बोल्दै मौसमविद्हरुले चेतावनी दिएका छन। मौसमविद् शान्ति कंडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताउनुभयो। उहाँले न्यूनतम तापक्रम पनि सरदरभन्दा धेरै बढी हुने देखिएको र नेपालमा १३ जुनबाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन नेपालमा हिट वेब हुने र त्यसपछिका केही दिनलगत्तै पुनः हिट वेब बढ्ने अवस्था रहेको छ ।

तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सकहरुको सुझाव छ । छलफलका क्रममा अब शीतलहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवाज उठेको छ । उनीहरुले गर्मीबाट हुने क्षतिलाई न्युनिकरण गर्न तीन तहकै सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img