spot_img
spot_img
spot_img

देवदह नगरपालिकाले पत्रकारहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने

spot_img

रुपन्देहीको देवदह नगरपालिकाले देवदहमा रहेका पत्रकारहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। नगरपालिकाको आगामी बर्ष २०८०/८१ मा स्थानीय पत्रकारहरुको परिचयपत्रको आधारमा स्वास्थ्य बीमा गरिदिने नगरप्रमुख ध्रुब प्रसाद खरेलले घोषणा गरेका हुन्।
देवदह प्रेस कल्बद्वारा आयोजित प्रथम देवदह मिडिया फेस्टिवलको समापन कार्यक्रममा बोल्दै खरेलले देवदह नगरपालिकाले पात्रकारीताको क्षेत्रमा ठुलो सहयोग गरेको बताउनुभयो। उनले मिडियाले तथ्य सहित खबर्दारी गर्न समेत आग्रह गरे ।

सोहि अवसरमा देवदह प्रेस कल्बले १० बुँदे घोषपत्र सार्वजनिक समेत गर्यो। घोषणा पत्र प्रेस क्लबका सल्लाहकार रमेश पोखरेलले वाचन गरेर सुनाएका थिए। कार्यक्रममा ३ दिन सम्म विभिन्न शिर्षकमा सहजीकरण गर्ने व्यक्तित्वहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो।

यस्तो छ देवदह प्रेस क्लबले जारी गरेको घोषणपत्र :
देवदह घोषणापत्र २०८०
१.२०८० लाई खबरदारी बर्षका रुपमा मनाउने ।
२.बर्ष २०८० मा प्रकाशन प्रशारण हुने समाचारमा मकै उत्पादन बजारीकरण र प्रबद्धनको बिषयलाई प्रमुख रुपमा उठान गर्ने ।
३. समाचार स्रोतका बिषयमा प्रत्येक महिना सञ्चारकर्मीहरु बिच छलफल गर्ने ।
४. बिषयगत लेखन पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न सम्बन्धित संघ संस्थाहरु संग समन्वय गर्ने ।
५. पत्रकारहरुको क्षमता विकासका लागि तालिम तथा गोष्ठिको आयोजना गर्ने ।
६. पत्रकारीतामा लाग्न चाहाने विद्यार्थीहरुलाई पत्राकारिता तालिम सञ्चालन गर्ने ।
७.पत्रकारहरुको स्वास्थ्य बिमाका लागि स्थानिय सरकारलाई अनुरोध गर्ने ।
८. देवदहका ऐतिहासिक स्थलहरुको संरक्षण प्रबर्द्धनका बिषयमा समाचारका माध्यमबाट पहल गर्ने ।
९.मिडिया फेस्टिबललाई निरन्तरता दिँदै आगामि बर्ष सिमि बर्षको रुपमा मनाउने ।
१०.संसारभरका समान उद्धेश्य भएका प्रेस क्लबहरु संग भगेनी सम्बन्ध कायम गर्ने ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img