spot_img
spot_img
spot_img

कति बेला तौल नाप्दा सही देखिन्छ ?

spot_img

एजेन्सी ।

मानिसहरू आफ्नो तौल नाप्छन् र त्यसलाई मेन्टेन गर्ने कोसिस गर्छन् । कसैले बेलुका तौल नाप्छन् भने कतिले बिहानको समयमा । तर दिनको कुन समयमा तौल नाप्नु सही हो भन्ने कुरा तपाईंलाई थाहा छ रु यसबारे जानकारी लिऔँ । सबै मानिस आफ्नो तौल बारे जान्न चाहन्छन् । तपाईंको तौल कहिले कम भइरहेको छ वा कहिले बढिरहेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । तौलको हाम्रो स्वास्थ्यसँग सिधा सम्बन्ध हुन्छ र स्वस्थ रहनका लागि तौल नियन्त्रणमा हुनुपर्छ । धेरैले तौल नाप्न मेसिन प्रयोग गर्छन् ।
तपाईंले पनि अहिलेसम्म धेरै पटक आफ्नो तौल नाप्नुभएको होला । के तपाईंले समय हेरेर तौल नाप्नु भएको छ रु तौल घटाउन कोसिस गर्नेहरूले विशेष यसबारे ध्यान राख्नुपर्छ । हाम्रो तौल दिनमा धेरै पटक उतार चढाव भइरहन्छ । आफ्नो सही तौल थाहा पाउनका लागि तपाईंले दिउँसो वा बेलुका तौल नाप्नबाट बच्नुहोस् । मेडिकल न्युज टुडेको रिपोर्ट अनुसार बिहान खाली पेटमा तौल नाप्नु सबैभन्दा बढी राम्रो र सटिक समय हो । किनभने त्यति बेला तपाईंको पेट खाली हुन्छ र खानाको तौल हुँदैन । यही समयलाई तौल नाप्नका लागि उत्कृष्ट मानिन्छ । यदि यस्तो सम्भव छैन भने व्यक्तिले हरेक दिन एउटै समयमा तौल नाप्नुपर्छ । चाहे तपाईं दिउँसो गर्नुहोस् वा बेलुका । तर एउटै समयमा तौल नाप्दा सही अन्दाज लगाउन सकिन्छ । यद्यपि, खाना खाएपछि तौल नाप्नुको साटो खाली पेटमा तौल नाप्नुहोस् ।

तौल नाप्दा यी तीन कुराहरू ध्यान दिनुपर्छ

– याद गर्नुपर्ने पहिलो कुरा के हो भने तौल नाप्ने मेसिन राम्रो गुणस्तरको हुनुपर्छ ।

– एउटै स्केल अपनाउनुहोस् ।

– तौल नाप्ने बेला एउटै खालको जुत्ता र लुगा लगाउने प्रयास गर्नुहोस् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img