spot_img
spot_img
spot_img

टर्कीमा एक कारखानामा विस्फोट हुँदा कम्तीमा पाँच जनाको ज्यान गयो, ४० जनाभन्दा धेरै घाइते

spot_img

एजेन्सी ।

टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ। राजधानी अङ्काराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा विस्फोट भएको बीबीसीले जनाएको छ। टर्कीको सरकारी टेलिभिजनले विस्फोटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेको देखाएको छ।

अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विस्फोट सुरु भएको हो । क्षेत्रीय गभर्नर वाहप साहिनले भग्नावशेषमा कुनै पनि कर्मचारी नफसेको जनाउनुभएको छ। उहाँले विस्फोट हुनुअघिको अवस्था जाँच गरिरहेको बताउनुभएको छ । उहाँले कारखानामा काम गरिरहेका मानिसहरु काम गरिरहेका बेला अचानक विस्फोट भएको बताउनु भएको बीबीसीमा उल्लेख छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक र प्रशासनिक छानबिन सुरु गरेको जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img