spot_img
spot_img
spot_img

कञ्चनमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र पाठेघर खस्ने रोगको परिक्षण

spot_img

 कञ्चन ।

रुपन्देहीको कञ्चनमा महिलाहरुमा पाठेरघरको मुखको क्यान्सर र पाठेघर खस्ने रोगको परिक्षण गरिएको छ। रुद्रपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा १६२ जना महिलाहरुले पाठेघरको मुखको परिक्षण गराएका छन। परिक्षण गराएका महिलाहरु मध्ये २० जनाको VIA Possitive देखिएको छ भने २ जनामा आंग खस्ने रोग भएको फेला परेको रुद्रपुर स्वास्थ्यचौकीका इन्चार्ज दीपक जैसीले जानकारी दिनु भएको छ।दुई दिनसम्म सञ्चालन हुने शिविरको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले समय समयमा आयोजना गरिने स्वास्थ्य शिविरबाट समयमै रोगको पहिचान हुने र समयमै उपचार गर्न सकिने हुँदा कुनै पनि रोगहरुले जटिल रुप लिन नसक्ने बताउनुभयो। बिरामी नभएको अवस्थामा पनि बेला बेलामा आफ्नो स्वास्थ्यको परिक्षण गर्नु राम्रो हुने अध्यक्ष ढकालले बताउनुभयो।

यसैगरी कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले स्वागत गर्दै महिलाहरुको पाठेघरको मुखको समय समयमा परिक्षण गर्न सके क्यान्सर तथा पाठेघर खस्ने रोगहरुबाट बच्न सकिने बताउनु भयो। महिलाहरुको सबैभन्दा बढी समस्या पाठेघर खस्ने भएकोले नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नु मुख्य उपचार भएको बताउदै प्रमुख गौतमले आर्थिक रुपमा बिपन्न र बिभिन्न कामको ब्यबस्तताले गर्दा अस्पताल जान नसक्नु भएका महिलाहरुका लागि गाउपालिकाले नजिकको स्वास्थ्य चौकीमा पाठेरघरको मुखको क्यान्सर र पाठेघर खस्ने रोगको परिक्षण गर्ने कार्यक्रमको आयोजना गरेको समेत उल्लेख गर्नु भयो।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ बुटवलका नर्सिङ्ग अधिकृत सुस्मा श्रेष्ठले हरेक रोगहरुको जोखिममा महिलाहरु परिरहने भएकोले सबैभन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्यको नियमित परिक्षण गर्नु पर्नेमा जोड दिनु भयो। पाठेघर खस्ने रोग महिलाहरुको साझा समस्या भएको र नियमित स्वास्थ्य परिक्षण गर्दा पाठेघरको मुखको परिक्षण अनिवार्य रुपमा गर्नु पर्नेमा नसिंङ्ग अधिकृत श्रेष्ठले जोड दिनुभयो। रुद्रपुर स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षता तथा इन्चार्ज दीपक जैसीको संचालनमा भएको पाठेरघरको मुखको क्यान्सर र पाठेघर खस्ने रोगको परिक्षणको शुभारम्भ रुद्रपुर स्वास्थ्य चौकीमा गरिएको हो। भोली गजेडी स्वास्थ्य चौकीमा परिक्षण हुने शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img