काठमाडौँ ।
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलियाले भारतलाई २०९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगिताको पाँचौँ तथा अन्तिम दिन आइतबार भारतीय टोली आफ्नो दोस्रो पालीमा केवल दुई सय ३४ रन बनाउँदै अलआउट भएको हो। जितका लागि ४ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि दोस्रो पालीमा विराट कोहलीले सर्वाधिक ४९ रन बनाएका थिए। टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो पालीमा चार सय ६९ रनको विशाल योगफल तयार पारेको थियो । पहिलो पालीमा अस्ट्रेलियाका लागि टार्भिस हेडले एक सय ६३ र स्टिभन स्मिथले एक सय २१ रन बनाएका थिए । भारतीय टोली भने पहिलो पालीमा पनि दुई सय ९६ रनमा अलआउट भएको थियो।