spot_img
spot_img
spot_img

बुटवलमा भएको यु–१२ लिग क्रिकेटको उपाधि स्टार क्रिकेट एकेडेमीलाई, ग्रिन प्लान्ट उपबिजेता

spot_img

बुटवल ।

बुटवलमा भएको यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० को उपाधि स्टार क्रिकेट एकेडेमीले हात पारेको छ।देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको खेलमैदानमा भएको फाईनल खेलमा ग्रिन प्लान्ट बोर्डिङ स्कुललाई ६९ रनले पराजित गर्दै स्टार एकेडेमीले उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको स्टारले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय २१ रनको लक्ष्य खडा गरेको थियो। स्टारका लागि अमोद बश्याल १२ बलमा ७ रन, राहुल नाउले ५३ बलमा २६ तथा समिर ठकुरीले ३३ बलमा ४५ रनको योगदान दिए । ग्रीन प्लान्टका कृश केसीले २ विकेट लिए।

दोश्रो इनिङ ब्याटिङ गरेको ग्रीन प्लान्टका ब्याट्सम्यान १५.४ ओभरमा केवल ५२ रनमा समेटियो। उसका लागि ओपनर राधव खरेलले ७ तथा आयुष पाण्डेले ९ रन बाहेक अन्य क्रिजमा टिक्न सकेनन्। कम स्कोरमा रोक्न स्टारका कृष्ण पन्थील ह्याट्रिक गरे। उनले खेलको १२ औ ओभरमा हयाट्रिकसंगै शानदार ४ बिकेट लिन सफल भए। स्टारको जितमा राहुल नाउले २ तथा आरुष अधिकारीले ३ बिकेट लिएका थिए। स्टारका कृष्ण पन्थी म्यान अफ दी म्याच घोषित भएका छन।

प्रतियोगितामा म्यान अफ द सिरिज स्टारका राहुल नाउ घोषित भएका छन भने बेष्ट ब्याट्सम्यान तिलोत्तमा क्रिकेट एकेडेमीका सुसान्त सुवेदी, बेष्ट बलर स्टार एकेडेमीका कृष्ण पन्थी घोषित भएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img