spot_img
spot_img
spot_img

प्रतिनिधि सभामा दुई वटा विधेयक पेस

spot_img

काठमाडौं ।

प्रतिनिधि सभामा दुई वटा विधेयक पेस भएका छन् । आगामी आर्थिक वर्ष २०८०र०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० गरी २ वटा विधेयक पेस भएका हुन । सोमबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद समक्ष प्रस्तुत गर्नुभएको थियो । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिनुभएको थियो । तर, उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img