कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिकामा उद्यमशिलता तथा वित्तिय साक्षरता सम्बन्धी तालिमको शुभारम्भ गरिएको छ। बैदेशिक रोजगारबाट विभिन्न सिप र दक्षता हासिल गरी स्वदेश फर्किएका युवाहरुका लागि स्वदेशमै उद्यमशिलता तर्फ आकर्षित गर्ने उद्धेश्यका साथ ५० जना युवाहरु सहभागीता रहेको उक्त तालिममा उद्यमशिलता, आर्थिक तथा लेखा ब्यवस्थापन, पेशा व्यबसाय सचलन तथा दर्ता, योजना निर्माण र मनोसामाजिक सम्बन्धी बिषयहरुमा प्रशिक्षण दिइएने छ। तालिम शुभारम्भ कार्यक्रमको अध्यक्षता गर्दै गाउपालिकाका अध्यक्ष नवराज ढकालले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई उनिहरुको सिप, क्षमता र दक्षताको आधारमा स्वदेशमै उद्यम गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्न गाउपालिकाले अनुदानको समेत ब्यबस्था गर्ने बताउनु भयो। ५५ दिने तालिममा बैदेशिक रोजगारबाट फर्कएका युवाहरुमा भएको सिपलाई कसरी र कुन क्षेत्रमा लगानी गर्ने, योजना निर्माण र त्यसको वित्तिय ब्यबस्थापन कसरी गर्ने र कुनै ब्यबसाय सञ्चालन गर्नु पुर्व कानुनी प्रकृया के कसरी अपनाउने भन्नेबारे सिपहरुको प्रशिक्षण दिइने बताउदै अध्यक्ष ढकालले सिपको एकिकरण गरी र उद्यमशिलताको बिकास गरी रोजगारको श्रृजना गर्नु गाउपालिकाको मुख्य योजना भएको उल्लेख गर्नुभयो।
५ दिने तालिमको बिषय बस्तु तथा औचित्यताबारे जानकारी दिदै गाउपालिकाका उपाध्यक्ष तथा पुनः एकिकरण कार्यान्वयन समितिका संयोजक मौसमी थापा मगरले घरको आर्थिक अवस्थाका कारण बैदेशिक रोजगारमा जान बाध्य भई बैदेशिक रोजगारको क्रममा प्राप्त गरेका सिप र ज्ञान तथा दक्षताको अनुभवलाई स्वदेशमै प्रयोग गरेर स्वदेशमै रोजगारको श्रजना गर्न प्रोत्साहन गर्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको बताउनुभयो। बैदेशिक रोजगारको क्रममा प्राप्त ज्ञान र सिप तथा अनुभवहरुलाई प्रयोग गरी स्वरोजगार भई आत्मनिर्भरताका लागि आधार बनाउन र युवाहरुको चाहना र रुची अनुसारको योजना अनुरुप उद्यम गर्न चाहने युवाहरुको लागि गाउपालिकाले अनुदान समेत दिने उपाध्यक्ष थापा मगरले बताउनुभयो।
कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले आफुले बैदेशिक रोजगारमा जाँदाको अनुभव र सिप बिना बैदेशिक रोजगारमा जाँदा आफुले पाएको समस्याका बारेमा युवाहरुका बिच अनुभव बताउनुभयो। बिदेशमा जानु परेपनि सिप सिकेर बिेदश जानु पर्ने बताउदै वडा अध्यक्ष थारुले बैदेशिक रोजगारको क्रममा सिकेका सिपहरुलाई स्वदेशमै उपयोग गरी आफु स्वरोजगार समेत भएर थप रोजगारको श्रजना गरेर रोजगारदाताको रुपमा स्थापित हुन सकिने वडा अध्यक्ष थारुले बताउनुभयो। कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले युवाहरुमा भएको श्रम शक्तीलाई योजनाबद्ध प्रयोग गर्न सकेमा मात्र समृद्ध नेपाल खुशी नेपालीको सपनालाई साकार बनाउन सकिने बताउनुभयो। युवामा भएको सिप, ज्ञान र क्षमतालाई स्थानीय तहले ब्यवस्थापन र एकिकृत गरी लगानी गर्नसके थोरै भएपनि युवाहरुलाई स्वदेशमै रोजगार उपलब्ध गराउन सकिने प्रवक्ता तुलाचनले बताउनुभयो। तालिममा ईश्वरी ज्ञवाली, सन्तोष गैरे, कल्पना कार्की, गिरीराज अर्याल, चन्द्रमणी घिमिरे, भुमिका तरामुले सहजकर्ताको रुपमा सहजिकरण गर्नुहुनेछ।