एजेन्सी ।
एसेज टेस्ट शृङ्खलाअन्तर्गतको पहिलो टेस्टमा आयोजक इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३ सय ९३ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको छ । पहिलो दिनको खेल सकिँदा जवाफमा अस्ट्रेलियाले बिना कुनै विकेट गुमाएर १४ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डका लागि पूर्वकप्तान जो रुटले शतकीय इनिङ्स खेले । उनले नटआउट रहँदै १५२ बलमा ११८ रन बनाए । त्यस्तै, जोनी ब्रेस्टोले ७८ रन तथा ओपनर ज्याक क्रलीले ६१ रनको योगदान दिए । ह्यारी ब्रुकले ३२ तथा ओली पोपले ३१ रन बनाए । अस्ट्रेलियाका लागि नेथन लियनले ४ तथा जोस हेजलवुडले १–१ विकेट लिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??