spot_img
spot_img
spot_img

भारतमा हुने विश्वकपमा भाग लिन सरकारको अनुमति कुर्दै पाकिस्तान

spot_img

एजेन्सी ।

यो वर्ष भारतमा आयोजना हुने ५० ओभरको क्रिकेट विश्वकपमा भाग लिन पाकिस्तानको क्रिकेट टोली सरकारको अनुमतिको पर्खाइमा रहेको छ । विश्वकपको प्रस्तावित तालिका जारी भएपछि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले विश्व क्रिकेटको नियामक निकाय आईसीसीलाई पत्र लेख्दै बोर्डले एक्लै यसबारेमा अनुमति दिन नसक्ने बताएका हुन्।
‘हामीले आईसीसीलाई पत्र लेख्दै विश्वकपको तालिकालाई अनुमोदन गर्ने वा अस्वीकार गर्नेबारे एक्लै निर्णय गर्न सक्दैनौँ भनेर आईसीसीलाई पत्र लेखेका छौँ,’ सेठीले भने, ‘भारतजस्तै यसबारे पनि हाम्रो सरकारले निर्णय लिनुपर्छ । अहिले हामी अहमदाबादमा खेल्छौँ कि खेल्दैनौँ भन्ने प्रश्न गर्नु नै बेकार छ । पहिले सरकारले हामी खेल्न जान्छौँ किन जाँदैनौँ भनेर निर्णय गर्नुपर्छ । हाम्रो निर्णय त्यसैमा भरपर्छ ।’ सन् २०२३ को विश्वकप आगामी अक्टोबर ५ तारिखदेखि सुरु हुनेछ । त्यसको १० दिनपछि भारत र पाकिस्तान भिड्ने तालिका तय छ । पाकिस्तानले लिग चरणमा पाँचवटा रंगशालामा खेल खेल्ने तालिकामा उल्लेख छ । तर, सन् २०१६ को टी–२० विश्वकप यता पाकिस्तानले भारतको भ्रमण गरेको छैन ।

-ईएसपीएन क्रिकइन्फो

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img