एजेन्सी ।
इटालीले युईएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो। आइतबार राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो । खेलको छैटौं मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए । २०औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै पहिलो हाफमा नै इटालीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ६८औँ मिनेटमा स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए तर ७२औँ मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–१ को सहज अग्रता लियो । ८२औँ मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले खेल सकिनु अघि मात्र ८९औँ मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा फर्कियो । तर, थप गोल निस्कन नसक्दा इटाली विजयी हुँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।