spot_img
spot_img
spot_img

तनहुँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गयो

spot_img

काठमाण्डौ ।

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा माटोको ढिस्कोमा पुरिएका दुई जनाको मजदुरको ज्यान गएको छ । पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत गुणादीमा सडक छेउमा पर्खाल लगाउने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएका तीन जना मजदुर मध्ये दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मुग्लिन–पोखरा सडक विस्तारमा काम गर्ने मजदुरहरु रहेको र सडक छेउमा पर्खाल निर्माणका क्रममा उनीहरुलाई माथिबाट माटोको ढिस्कोले पुरेको थियो ।
प्रहरीका अनुसार सोमबार साँझ पहिरोमा परी घाइते भएका झापाको शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । भुजेलको उपचारका क्रममा दमौली अस्पतालमा र राइको पोखरामा मृत्यु भएको हो। झापाको शिवशताक्षी –७ का ४५ वर्षीय कृष्ण लिङ्देनको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img