spot_img
spot_img
spot_img

विवाहको ११ वर्षपछि बुवा बने ‘आरआरआर’ अभिनेता राम चरण

spot_img

एजेन्सी।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् । उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् । सोमबार राती अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ । अस्पतालको मेडिकल बुलेटिनमा लेखेका छ, ‘उपासना कामिनेनी र राम चरणले २० जून २०२३ मा हैदराबादको अपोलो अस्पताल जुबली हिल्समा छोरीलाई जन्म दिएका छन। अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक भएको जानकारी दिएको छ । यी दुईलाई धेरैले बधाई दिइरहेका छन्।
१४ जून २०१२ मा यी दुईको विवाह भएको थियो । विवाहको ११ वर्षपछि उनीहरुले छोरी जन्माएका हुन् । उपासनाले आफ्नो डिम्ब फ्रिज गरेर राखेकी थिइन्।उपासना पहिला आफ्नो करियरमा केन्द्रित हुन चाहन्थिन् । आमा बन्न उनले समय पनि लिइन् । राम चरण दक्षिणका ठुला स्टार हुन् । यस्तै उनकी श्रीमती उपासना व्यवसायी हुन् ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img