spot_img
spot_img
spot_img

एकदिवसीय विश्व कप छनोटमा अमेरिकालाई ६ विकेटले हराउदै नेपाल बिजयी

spot_img

काठमाण्डाै ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराउदै बिजयी भएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।  अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिका २ सय ७ रन बनाउन सफल भयो । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे ।  पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थिए ।

यस्तै, आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत जिम्बावेले नेदरल्याण्ड्सलाई  ६ विकेटले हराएको छ । नेदरल्याण्ड्सले दिएको  ३ सय १६ रनको विशाल लक्ष्य जिम्बावेले ४० ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायाे । जिम्बावेका सिकन्दर राजाले ४ विकेट लिए । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

समान २/२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो  स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र नेदरल्याण्ड्स पुछारमा रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img