नवलपरासी
चट्याङ्ग लागेर नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं.१० नदुवा बस्ने ४० बर्षिय बिनोद कहार रहेका छन् । मंगलबार आफ्नै खेतमा काम गर्ने क्रममा अचानक चट्याङ्ग लागेर गम्भिर घाईते भएका उनको भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृतक पाल्पा पुर्व खोला गाउँपालिका वडा नं. ५ बिरकोट स्थित बिरकोट आयुर्वेद औषधालयमा कबिराज निरिक्षक(अधिकृत छैठौ तह) पदमा कार्यरत रहेका थिए । मृतकको शवलाई पोस्टमार्टमको लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??