देवदह ।
रुपन्देहीको देवदहमा वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम देवदह नगरपालिका वडा नं ७ का युवा युवतीहरुको लागि वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि नेपाल सरकार श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिस्ठान बुटवलको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले यस किसिमको अभिमुखिकरण कार्यक्रम वैदेशिक रोजगार जान चाहने युवाहरुको लागि अति जरुरी भएको बताउनु भयो। उहाँले युवा शक्तिलाई आफ्नै माटोमा आत्मनिर्भर बनाउन स्थानिय तहले पनि प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा सदस्य रमेश खरेलले बैदेशिक रोजगारीमा वारेमा सही सुचना तथा सिप कै कारणवाट बिदेशमा समस्या भोग्नु नपरोस, भन्ने उदेश्यले यो अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा सदस्य हुमा रेग्मी, वडा सदस्य टिकाराम बिक, वडा सदस्य दिपा विक, सामाजसेवी खुसी न्यौपाने, दिपक ज्ञवाली लगाएतको उपस्तिथि रहेको थियो। अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्रशिक्षक द्वय भोजराज न्यौपाने र व्यावसायिक तथा सीप विकास तालिम प्रतिस्ठान बुटवलका आर्थिक संयोजक दिपक नेपालीले गर्नुभएको थियोे। अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारमा जानभन्दा अगाडि अपनाउनुपर्ने सजगता ,वैदेशिक रोजगार जाने व्यक्तिको सामाजिक सुरक्षा लगायत सुविधाहरुको वारेमा प्रशिक्षण दिइएको थियोे।