spot_img
spot_img
spot_img

२८ औं राष्ट्रिय बालसाहित्य सम्मेलन जनता मावि बाग्दुलामा हुने

spot_img

प्यूठान ।

२८औं बाल साहित्य सम्मेलन आगामी मंसिर ९ देखि १२ गतेसम्म जनता मावि बाग्दुलामा आयोजना हुने भएको छ।
बालबालिका तथा किशोर किशोरीहरुमा सिर्जनशिलता तथा शिप विकासको साथै बाल साहित्यबारे शिक्षक, अभिभावक र विद्यार्थीहरुमा अभिरुची र चेतना वृद्धि गर्ने उद्देश्यले नेपाल बालसाहित्य समाज बागबजारले स्थानीय आयोजकको सहकार्यमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो। साहित्य परिषद् प्यूठानका अध्यक्ष गेहराज थापाको अध्यक्षतामा बाग्दुलामा विहीवार सम्मपन्न बैठकले राष्ट्रिय सम्मेलनको मिति र स्थान तोकेको हो। बैठकले साहित्य परिषद् प्यूठान, राप्ती साहित्य परिषद् प्यूठान शाखा, प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका, जनता मावि बाग्दुला, प्यूठान उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, कालिका विकास केन्द्र नेपाल र नेवाखल प्यूठानलार्य सहआयोजक रहने निर्णय गरेको छ।
सम्मेलनलाई व्यवस्थित गर्न साहित्य परिषद् प्यूठानका उपाध्यक्ष विमला खनालको संणेजकत्वमा स्थानीय मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजालको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यको संयोजकत्वमा आर्थिक समिति र जनता मावि बाग्दुलाका प्रधानाध्यापक इन्द्रमणि पोख्रेलको संयोजकत्वमा व्यवस्थापनको जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ। सम्मेलनमा बालपुस्तक प्रदर्शनी, बालकथा लेखन, चित्रकला लेखन, बाल कविता लेखन, बाल निवन्ध लेखन, देवनागरी लिपीमा हस्तलेखन प्रतियोगिता, लोक÷किंवदन्ती कथाहरुको प्रस्तुती लगायतका गतिविधि गरिने बाल साहित्य समाजका महासचिव विजयराज आचार्यले जानकारी दिनुभयो। नेपाल बालसाहित्य समाज बालसाहित्यसँग सम्बद्ध लेखक, चित्रकार, ग्रन्थपाल, सम्पादक, शिक्षक, अनुवादक, गायक, सङ्गीतकार, पत्रकार, पुस्तकालय व्यवस्थापक, प्रकाशक आदि क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको नेपालकै पुरानो मध्येको संस्था हो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img