spot_img
spot_img
spot_img

साफ च्याम्पियनसिपमा आज नेपाल भारतसँग भिड्दै

spot_img

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ। बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा छ। यद्यपि, बलियो प्रतिद्वन्द्वी भारतलाई हराउन भने नेपाललाई सहज छैन। अर्कोतर्फ भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ।

नेपाल साविक उपविजेता हो भने भारत साविक विजेता । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। पहिलो खेलमा नेपालले कुवेतसँग ३–१ ले पराजित भएको थियो। यता, भारतले पाकिस्तानविरुद्ध ४–० गोलको सहज जित निकालेको थियो ।

समूह ‘ए’मा रहेको नेपाल अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ। सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन। भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

नेपालले हालसम्म भारतसँग २३ खेल खेलेको छ। जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ। यस संस्करणको साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img