spot_img
spot_img
spot_img

भारत : एक युवकले ५ जनाको बीभत्स हत्या गरेपछि आफैँलाई गोली हाने

spot_img

एजेन्सी ।

भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदय विदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बन्चरो प्रहार गरेर हत्या गरेका थिए । जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img