spot_img
spot_img
spot_img

झन्डै दुई केजी सुनसहित रुपन्देहीमा एक व्यक्ति पक्राउ

spot_img

दाङ ।

दुई केजी सुनसहित रुपन्देहीमा एक व्यक्ति पक्राउ परेका छन् । गएराति एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका१० का २१ वर्षीय हुमानन्द गिरीलाई रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पक्राउ गरिएको हो । सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले विशेष सुराकीका आधारमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । जाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँटा फेला परेको छ । सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img