देवदह ।
रुपन्देहीको देवदह नगरपालिकाको १२ औं नगर सभामा आर्थिक बर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम पारित भएको छ। देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले १२ औं नगरसभामा आर्थिक बर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य,कृषि तथा पशुपालन, भूमि व्यवस्थापन, पूर्वाधार,विपद व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, बन तथा भू संरक्षण, बालमैत्री स्थानीय शासनतर्फ, भाषाकला र संस्कृति, उर्जा, पर्यटन लगायतका विषयलाई समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। नगरपालिकाको आर्थिक बर्ष २०८०र०८१ को लागि एक अरव, ७ करोड २४ लाख बरावर बजेट समेत प्रस्तुत गरेको छ।