spot_img
spot_img
spot_img

कञ्चनमा बौद्धिक अपांगता भएकाहरुलाई शैक्षिक सामग्री वितरण

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिका वडा नं ४ ले रुद्रपुर माध्यमिक बिद्यालयमा रहेको सुस्त मनस्थिति पुनःस्थापना तथा बौद्धिक अपांगता केन्द्रमा अध्ययन गर्ने फरक क्षमता भएकाहरुलाई शैक्षिक सामग्री, स्टेशनरी तथा खेलकुद सामग्री उपलब्ध गराएको छ। शैक्षिक सामग्री वितरण गर्दै वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले शारिरीक रुपमा अपांगता भई फरक क्षमता भएकाहरुलाई आवस्यक पर्ने सामग्रीहरुलाई उनिहरुको रुची अनुसार प्रयोग गर्न दिएमा उनिहरु भित्र भएको प्रतिभा र क्षमताको उजागर गर्ने बताउनुभयो ।

कार्यपालिका सदस्य सुशिला थापाले गाउपालिकाको समृद्धिका लागि सबै पक्षको सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनु भयो। बौकि अपांगता भएकाहरु भित्र रहेको प्रतिभालाई उजागर गर्न बिभिन्न शैक्षिक सामग्रीहरुको उपयोग प्रभावकारी हुने कार्यपालिका सदस्य थापाले बताउनुभयो। रुद्रपुर माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चिरञ्जिवी खनालको अध्यक्षता तथा वडा सचिव चक्रपाणी पौडेलको सञ्चालन सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलल समेत बोल्नु भएको थियो। रुद्रपुर माध्यमिक बिद्यालयमा सुस्त मनुस्थिती भएका २४ जनाले अध्ययन गर्दै आएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img