spot_img
spot_img
spot_img

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क पहिलो स् सिङ्गापुर एक स्थान तल झर्यो

spot_img

एजेन्सी ।

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ । आयरल्यान्ड र स्विट्जरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न सर्वेक्षण, साङ्खिकीय अध्ययन र प्रवृत्तिहरूको संयोजनलाई प्रयोग गरी इन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सिङ्गापुर एक स्थान तल झरेको छ। आईएमडीको वर्ल्ड कम्पिटिटिभनेस सेन्टर (डब्लूसीसी)ले आफ्नो वार्षिक प्रतिवेदनमा ६४ वटा अर्थतन्त्र बलियो भएका देशमध्ये सिङ्गापुर चौथो स्थानमा रहेको जनाएको छ।

डब्लूसीसीले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उत्पादकत्वका अतिरिक्त उद्यमहरूले राजनीतिक, सामाजिक र सांस्कृतिक कारकहरूसँग कसरी सामना गर्छन् भन्ने विषयलाई मूल्याङ्कन गरी वरीयता सार्वजनिक गर्छ । शीर्ष १० मा नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ भने ताइवान, हङकङ, स्वीडेन, अमेरिका र यूएई क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन्। सन् २०१९ देखि २०२१ सम्म लगातार ४३औं स्थानमा रहेको भारत तीन स्थान तल झरेर ४० औँ स्थानमा छ। रिपोर्ट आधारअनुसार भारतले सरकारी दक्षतामा सुधार गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img