spot_img
spot_img
spot_img

देवदहमा अवैध ब्रोईलर कुखुरासंगै दुईवटा मोटरसाईकल नियन्यत्रणमा

spot_img

देवदह ।

प्रहरी चौकी खैरेनीले अवैध ब्रोईलर कुखुरा संगै दुई वटा मोटरसाईकल नियन्यत्रमा लिएको छ। प्रहरी चौकीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको करिव साढे २ क्यून्टल बोईलर कुखुरा नष्ट गरेको छ। स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सञ्चारकर्मीहरुको रोहवरमा अवैध कुखुरा खाल्डो खनेर नष्ट गरेको हो। अवैध कुखुरा संगै नियन्त्रणमा लिएको दुईवट भारतीय नम्वर प्लेटका मोटरसाईकल भने कार्वाहीको लागि भन्सार कार्यालय भैरहवा पठाइएको प्रहरी चौकी खैरेनीका प्रहरी बरिष्ठ नायव निरिक्षक बुद्धिप्रसाद रानाले बताउनुभयो। रातीको समयमा गस्तीको क्रममा देवदह नगरपालिका–८, शान्तिनगरबाट अवैध कुखुरा र मोटरसाईल नियन्त्रणमा लिएको रानाले बताउनुभयो।

गस्तीको क्रममा प्रहरीको भ्यान देखेपछि अवैध कुखुरा बोकेको भारतीय नम्वर प्लेट रहेको यूपी ५३ ईपि ००७३ र यूपी ५६ ए एन ८२२७ नम्वरको मोटरसाईकल छोडेर भागेको रानाले जानकारी दिनुभयो। विगत केही दिन देखि बोईलर कुखुरा अभाव भईरहेको अवस्थामा देवदह क्षेत्रमा भने भारतीय कुखुराको तस्करी बढिरहेको छ। भारतबाट अवैध रुपमा ल्याईएको सामाग्री प्रक्राउ गरिपनि ओसार पसारमा संलग्न भने कहिल्र्य पक्राउ पर्न सकेको छैन। प्रहरी चौकी खैरेनीले नियन्त्रणमा लिएको अवैध कुखुरा देवदह–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीको रोहवरमा नष्ट गरिएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img