रुपन्देही।
आमाको हत्या गरेको आरोपमा रुपन्देहीको गैडहवा गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासीकी ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनकै छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ। पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभएको छ। हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो भने आरोपित छोरा भागेर रुपन्देहीको गैडहवा ८ मैनाहवामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीको भनाई छ।
आमाको हत्या आरोपमा गैडहवाबाट एक युवक पक्राउ
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??