spot_img
spot_img
spot_img

आज असार १५, मानो रोपेर मुरी उब्जाउने दिन

spot_img

काठमाडौं ।

आज असार १५ गते, देशैभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विविध कार्यक्रम गरी मनाइँदै छ । आज शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । सरकारले विसं २०६१ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो । असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिन पनि भन्ने गरिन्छ । धान नेपालको प्रमुख खाद्य बाली र खाद्य सुरक्षाको प्रमुख आधार भएकाले सरकारी तहबाटै यसलाई बढी महत्व दिने गरिएको छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिने गरिन्छ । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी नपर्दा देशैभर रोपाईं प्रभावित भएको छ । उपत्यका, उच्च पहाडी भेग र तराईका अधिकांश भागमा रोपाईं सकिनु पर्नेमा यो वर्ष आधा पनि रोपाईं हुन सकेको छैन । मध्य पहाडी भागमा भने असार आखिरबाट रोपाई सुरु हुने गर्दछ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img