एजेन्सी ।
भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा नौ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन। मध्य प्रदेशबाट धुलेतर्फ गइरहेको ट्रक मुम्बई–आगरा राजमार्गअन्तर्गत धुले जिल्लाको पालस गाउँमा् ब्रेक फेल भएपछि अनियन्त्रित भएर पल्टिएको थियो। ट्रक दुई वटा मोटरसाइकल, एउटा कार र अर्को ट्रकलाई पछाडिबाट ठक्कर दिएर पसलमा बजारिएको थियो ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई अस्पताल भर्ना गरिएको र प्रहरीले दुर्घटनाको जाँच शुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??