spot_img
spot_img
spot_img

बँदेलको विद्युतीय पासोमा परि एक जनाको मृत्यु

spot_img

अर्घाखाँची ।

अर्घाखाँचीमा बँदेल धपाउन थापेको विद्युतीय पासोमा परि एक जनाले ज्यान गुमाएका छन । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय बिमल महतको जनावरका लागि थापेको विद्युतीय पासोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जंगलबाट अरिङगाल पोली फर्कने क्रममा छत्रदेवका केशव खनालको घर नजिकै रहेको मकैबारीमा बँदेल लगायत जंगली जनावरका लागि थापेको विद्युतीय पासोमा परि मृत्यु भएको हो । बँदेल धपाउन करेन्ट लगाउने खनाललाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img