spot_img
spot_img
spot_img

भारतीय क्रिकेटको नयाँ जिम्मेबारीमा अजित अगारकर

spot_img

एजेन्सी ।

भारतीय पुरुष क्रिकेट टोलीको प्रमुख चयनकर्तामा पूर्वखेलाडी अजित अगारकर नियुक्त भएका छन् । पूर्वअन्तर्राष्ट्रिय खेलाडी अगारकर आफ्नो समयका चर्चित तिब्रगतिका बलर हुन। प्रमुख चयनकर्ताको पद गत फेब्रुअरीदेखि रिक्त थियो । तात्कालिन प्रमुख चयनकर्ता चेतन शर्मा बर्खास्तीमा परेका थिए। पाँच सदस्यीय छनोट समितिका अन्य सदस्य भने यसअघि नै नियुक्त भइसकेको समाचारमा जनाइएको छ। छनोट समितिको अन्य चार सदस्यमा शिवसुन्दर दास, सलिल अंकोला, सुब्रोतो बनर्जी र एस। सारथ रहेका छन।

अगारकरलाई सबैभन्दा जेष्ठ सदस्यको रुपमा अध्यक्ष पदक दिइएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले जनाएको छ। पाँच सदस्यीय छनोट समितिमा जेष्ठ सदस्यलाई अध्यक्ष बनाउने नियम रहेको छ । ४५ वर्षीय अगारकरले आफ्नो सक्रिय खेलजीवनमा भारतका लागि २६ टेस्ट खेलेका थिए। यसका अतिरिक्त उनले एक सय ९१ वटा एकदिवसीय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए। अगारकरको नेतृत्वमा पहिलो पटक टीट्वान्टी टोलीको छनोट हुनेछ। आगामी अगस्तमा भारतले वेस्ट इन्डिजसँग पाँच खेलको टीट्वान्टी शृंखला खेल्दैछ। उक्त शृंखलाको पहिलो खेल ३ तारिखमा खेलिने छ। त्यो शृंखला खेल्ने भारतीय टोलीको चयन अगारकर नेतृत्वको छनोट समितिले गर्नेछ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img