काठमाडौं ।
साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। बैंग्लोरमा मंगलबार राति भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुट आउटमा हराउँदै भारतले उपाधि हात पारेको हो । साफ च्याम्पियनसिपको १४ संस्करणमध्ये भारतले नवौं पटक उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुट आउटमा भारत ५–४ ले विजयी भएको हो। समूह चरणको खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??